• Jun 17, 2024 03:48 PM
  • ट्रेन्डिङ समाचार

चौंरीदेउराली गाउँपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रूपैयाँ पुरस्कार दिने

चौंरीदेउराली गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र  गाउँपालिकाको पहिचान, विशेषता, भाव लगायत विषय उल्लेख हुनुपर्ने सूचनामा रहेको छ ।सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत  वा गाउँपालिकाको ईमेल मार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ ।  

Leave a Comment