• Jun 17, 2024 03:23 PM
  • ट्रेन्डिङ समाचार

चौंरीदेउराली सरकारले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मिति तय गरेको छ । निर्वाचनको क्रममा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले प्रतिबद्धता जनाए मुताबिक सामाजिक सुरक्षा भत्ता वडा–वडामा पुगेर वितरण गर्ने भएको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै साउन १६ गतेदेखि साउन २१ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । आ.व. २०७९/०८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा–वडामा पुगेर लाभग्राहीलाई भुक्तानी दिने उनले जारी गरेको सूचनामा जनाएको छ ।

‘लाभग्राहीहरूले नवीकरण भएको सामाजिक सुरक्षा परिचयपत्र, नागरिकताको फोटोकपी र चेक सहित वितरण स्थानमा तथा आफूलाई पायक पर्ने कुमारी बैङ्क लिई. को शाखाहरूबाट सामाजिक सुरक्षा भत्ता लिनुहुन सरोकारवालाहरूमा जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ, ‘साथै आ.व. २०८०/०८१ मा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण अवधि २०८०/०४/०१ देखि २०८०/०५/३१ गते सम्म मात्र भएको र समय अवधि भित्र नवीकरण नभएमा स्वतः लगत कट्टा हुने र नयाँ लाभग्राही सरह पुनः निवेदन दिई प्रक्रिया अगाडी बढाउनु पर्ने भएकाले कुनै पनि लाभग्राहीहरूले नवीकरण नभई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न वञ्चित नहोस् भनी आ.व. २०७९/०८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई भुक्तानी गर्दा अनिवार्य सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।’

Leave a Comment